Friday, May 13, 2016

‘द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुवै हिसाबले सरकार समक्ष छ’ -प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउने बताएका छन् । संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको शुक्रवार जवाफ दिदै ओलीले सरकार तराई-काठमाडौं द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुवै हिसाबले समक्ष भएको बताएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु्रतमार्ग ठेक्का विदेशी कम्पनीलाई दिनुपर्ने वकालत गर्दै आएको बेला ओलीले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘फास्ट ट्र्याक निर्माणमा हामी सक्षम छौ । अर्थ समिति र विकास समितिले स्वदेशी लगानीमा फास्ट ट्रयाक स्वदेशी लगाउन सुझाव दिएको छ । यो नेपाल सरकारले लगानी गरेर बनाउँछ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts