Tuesday, May 10, 2016

स्थानीय निर्वाचनको विषयमा कांग्रेसको विरोध

काठमाडौं,बैशाख २८। मंसीर भित्रमा गर्ने भनिएको स्थानीय निकायको चुनावका विषयमा सत्तारुढ दल र विपक्षी दलका सांसदहरुले आ–आफ्नो पार्टीको बचाउ गर्दै धारणा राखेका छन् । आइतबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७३-०७४ को नीति तथा कार्यक्रम माथिको छलफलमा सत्तारुढ र विपक्षी दल आ आफ्नै अडान राखेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हचुवाको भरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको आरोप लगाएको छ ।
सोही छलफलमा भाग लिँदै र सत्तारुढदलले बचाउ गरेका हुन् । छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आउँदो मंसीरमा स्थानीय निकायको चुनाव हुन नसक्ने दावी गरे ।

स्थानीय निकायको चुनाव आवश्यक रहेपनि अहिले सम्भव नरहेको भन्दै उनले स्थानीय निकायको पुनर्संरचना पछि मात्र चुनावमा जानु पर्ने सुझाव दिए । बालानन्द पौडेलको नेतृत्वमा गठित आयोगको प्रतिवेदन नआएसम्म स्थानीय निकायको निर्वाचन गर्न नहुने देउवाको भनाइ छ ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले जुनसुकै हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए । नीति तथा कार्यक्रममा मंगलबारदेखि जारी छलफल पनि मधेस केन्द्रित दलहरुले बहिस्कार गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts