Thursday, May 26, 2016

शिक्षामन्त्री पोखरेलद्वारा गम्भीर राष्ट्रघात !

काठमाडौं,जेठ १४ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नियम विपरित भारतीय विद्यालयहरुलाई अनुमति प्रदान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का नेता तथा विघटित एमाओवादीका सचिव समेत रहेका पोखरेललाई अध्यक्ष प्रचण्डले सभामुखसमेत बनाउन चाहन्थे । तर, पोखरेलले मन्त्री रोजे त्यो पनि ठूलो कष्टका साथ । राज्यका पाँच विशिष्ठ पदमध्ये सभामुखको पद महत्वपूर्ण हो । राज्यको पाँचौ नम्बरमा रहने पदमा जान छाडेर पोखरेल शिक्षामन्त्री बन्न राजी भए ।

क्रान्तिकारी छवी बनाएका, एमाओवादीको देशव्यापी हार भएको बेलामा समेत महोत्तरीबाट प्रत्यक्षमा निर्वाचन जितेका मन्त्री पोखरेललाई धेरैले इमान्दार नेताको रुपमा चिन्ने गर्दथे र शिक्षामन्त्री भएपछि नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्लान् भन्ने आम नेपाली जनता तथा माओवादी नेता तथा कार्यकर्ताको भावना विपरित उनले गतिविधि गरे भन्ने कुरा आम मानिसलाई पत्याउन मुस्किल पर्दछ ।

तर, जे पत्याउन मुस्किल मानिएको छ वा आम मान्छेले ठानेका छन् सोही धन्दा पोखरेलले गरे भन्दा आम मान्छेलाई पत्याउन गाह्रो भएको छ । क्रान्तिकारी मन्त्री पोखरेलले भारतीय बोर्डबाट सञ्चालन हुँदै आएका १६ वटा विद्यालयलाई एकै निर्णयमा वैधानिक बनाइदिए । त्यो पनि कार्यालय समय भन्दा पछि निर्णय गरेर ।

कुरा गत माघ १० गतेको हो । उनै क्रान्तिकारी मन्त्री पोखरेलले अवैध रुमपा चलिरहेका विद्यालयलाई वैधानिक मात्रै बनाएनन् त्यस वापत मोटै रकम समेत लिएको सम्वद्ध पक्षको दावी छ ।

पोखरेलले अवैध रुपमा चलेका मोर्डन इन्डियन विद्यालय, रुपिज इन्टरनेशन, सिजी एजुकेशन, राई स्कूल, रुपिज इन्टरनेशन,भारतीय दूतावास भित्र सञ्चालित केन्द्रीय विद्यालय तथा अन्य विभिन्न नाममा खुलेका १६ वटा विद्यालयलाई एकै निर्णयका आधारमा वैधानिक बनाइदिए ।

विभिन्न विद्यार्थी संगठनले भारतीय विद्यालय बन्द गर्न पटक पटक आन्दोलन गरेका थिए । तर कार्यान्वयन गराउने निकायमा रहेका मन्त्री पोखरेलले नै अवैध रुमपा सञ्चालित भारतीय विद्यालयलाई वैध बनाइदिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीको माग कसले सम्बोधन गर्ने होलान् भन्नेमा आशंका पैदा भएको छ ।

भारतीय बोर्डद्वारा सञ्चालित विद्यालयमा नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध अध्ययन अध्यापन हुने गर्दछ । हमरा देश क्या हे , भारत हे, इन्डिया हे । हामरा प्रधानमन्त्री कौन है पिएम नरेन्द्र मोदी है । हमरा राष्ट्रपति कौन है, प्रणव मुखर्जी । गौतम बुद्धका जन्मस्थल कहाँ पर्छ भारत आदि इत्यादी । गलत र पूर्णत भ्रामक पाठ्यक्रम पढाइ हुने तथा राष्ट्र र राष्ट्रियता विरुद्धको पढाइ हुने विद्यालयलाई सम्बन्धन दिएर पोखरेलले चरम राष्ट्रघात गरेको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । त्यसो त मन्त्री पोखरेलको उक्त हर्कत विरुद्ध माओवादी केन्द्रको बैठकमा उनकै समूहका अर्का नेता लिलामणि पोखरेलले असन्तुस्टि मात्रै जनाएनन्, पार्टी अध्यक्ष भारत विरुद्ध लड्ने मन्त्री भने भारतीय पक्षसँग लम्पसार परेर सौदावाजी गर्ने प्रवृत्ति ठीक नभएको बताए । उनले भारतीय विद्यालयलाई किन वैधानिक बनाएको, कुन स्वार्थले भारतीयलाई विद्यालय चलाउन दिएको हो भन्दै आपत्ति जनाए । पोखरेलले त्यसो भनिरहँदा मन्त्री पोखरेले भने घोस्से मुन्टो लगाएर बसेका थिए । उनले कुनै उत्तर पनि दिएनन र सुनेको नसुन्यै गरे बैठकमा सहभागी एक नेताले बताए ।

त्यसो त पार्टी निकट विद्यार्थी सङ्गठन अखिल९क्रान्तिकारी०ले तत्काल कार्यान्वयन गर्न भन्दै मन्त्री पोखरेललाई २० बुँदे ज्ञापनपत्र बुझाएको थियो । तर क्रान्तिकारीले बुझाएको १९ वटा बुँदालाई मन्त्री पोखरेलले डस्टबिनमा फालिदिए । विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था मात्रै सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सके । मन्त्री पोखरेलको ताल देखेर विद्यार्थी संगठनका नेता समेत मन्त्री आफ्नै पार्टीका हुन् कि अर्को पार्टीका हुन छुट्टयाउन नसक्ने अवस्थामा पुगेका छन् । यस्तै मन्त्री पोखरलले पार्टीको विद्यार्थी संगठन मात्रै होइन शिक्षक संगठन सँग पनि कुनै समन्वय गरेका छैनन् ।

त्यतिमात्रै होइन, पाठ्यपुस्तक छाप्न असफल भएका जनकशिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झासँग पनि मोटो रकम लिएर पोखरेलले थमौती गर्ने खेल खेलेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्न लागिसक्यो तर आजसम्म पाठ्य पुस्तक प्राप्त हुन सकेको छैन । तर मन्त्री पोखरेल सो कुरा थाहा पाएर पनि थाहा नपाएको जस्तै गरि बसेका छन् । उनलाई विद्यार्थीले पुस्तक पाउन वा नपाउन कुनै कुराको चिन्ता छैन, उनलाई केवल थाहा छ त पैसा कसरी आउँछ र त्यसको स्रोत के हो रु क्रान्तिकारी आवरणमा मन्त्री पोखरेलले कमाउ धन्दा मात्रै मच्चाएका छैनन् मुलुकविरुद्ध चरम राष्ट्रघात समेत गरेको भन्दै गुनासो बढ्दै गएको छ । पार्टीको नेतृत्वमा प्रचण्ड छन् तर उनले एक पटक पनि अध्यक्षलाई मन्त्रालयको काम तथा प्रक्रियाकाबारेका कुनै जानकारी गराएका छैनन् । न त कुनै विषयमा परामर्श नै गरेका छन् । उनी सामान्य विषयमा मात्रै नारायणकाजी श्रेष्ठसँग सम्वाद गर्छन तर अध्यक्षलाई जानकारी गराउने र सोध्ने विषयमा कुनै प्रयास नै गर्दैनन् । मन्त्रीको ताल र कार्यशैली देखेर अध्यक्ष दिक्क छन् तर उनी किन थाहा पाएर पनि नथाहा पाए जस्तै गर्छन सो बारेमा भने हालसम्म कुनै जानकारी पाउन सकिएको छैन ।

शिक्षा मन्त्री पोखरेलको हर्कत विरुद्ध विद्यार्थी तथा शिक्षक संगठनले सामूहिक रुपमा प्रतिवाद गर्ने तयारी गरेको सम्वद्ध पक्षको भनाइ छ । तर यस बारेमा बुझ्न खोज्दा मन्त्री पोखरेलले फोन उठाएनन् । उनको फोनमा पटक पटक सम्पर्क गरेको आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts