रौतहट, वैशाख २८ । सद्भावना पार्टीका रौतहटका नेता अनिलकुमार झा मृत भेटिएका छन्। राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका रौतहट क्षेत्र नम्बर–४ का अध्यक्ष अनिलकुमार झा मृत भेटिएका हुन्।
समनपुर–१ का ४५ वर्षीय झालाई मंगलबार विहान बागमती नदीमा डुबेको अवस्थामा प्रहरीको टोलीले मृत फेला पारेको डीएसपी केशव रेग्मीले जानकारी दिए।
खेतमा लगाएको बाली हेर्न साइकल लिएर गएका झा घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो। खोजी गर्दै जाँदा झा बागमती नदीमा साइकलसहित डुबेको अवस्थामा मृत फेला परेका हुन्।
No comments:
Post a Comment