Monday, May 2, 2016

संसदको बजेट अधिवेशन आजदेखि,कार्यसूची भने अन्योलमा

काठमाडौं,बैशाख २१ । संसदको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानश्वरमा बिहान ११ बजेदेखि बैठक बोलाईएको छ । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्ष २०७३–७४ को बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले यस अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने कार्यसुची छ । अन्य कार्यसूची भने टुङ्गो लाग्न बाँकी छ । अधिवेशनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आवको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । पूर्वबजेटका रुपमा समेत उक्त छलफलाई लिइन्छ । उक्त छलफल सकिएपछि सदनमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्याक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रस्तुत नीति तथा कार्याक्रममाथि दफावार छलफल हुनेछ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गतेभित्र सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

लामो समय आन्दोलनमा रहेको मधेशी मोर्चा आजदेखि सुरुहुने व्यवस्थापीका संसद्को बर्षे अधिवेशनमा सहभागी हुने भएको छ । आजदेखि सुरुहुने संसद् बर्षे अधिवेशनको एजेण्डा हेरेपछि मात्रै मोर्चाले आफ्नो धारणा अगाडि सार्ने मोर्चाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । कर्णले संसदमा पेश हुने एजेण्डा पछि त्यहि आन्तरिक छलफल गरि अगाडिका छलफलमा भाग लिने वा नलिने भन्ने बारेमा टुङगो लाग्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts