काठमाडौं,बैशाख २२ । सत्ताघटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव आएको हल्लाले सकारको नेतृत्व गरिरहेको नेकपा एमाले आत्तिएको छ । सत्ता नेतृत्वकर्ता एमालेसँग बालुवाटारमा मंगलबार राती अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेपछि एमालेमा छटपटि सुरु भएको हो । हुन्।
ुआफ्नो नेतृत्वको सरकारका विकल्पका विषयमा बाहिर टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेको स्थायी समितिको बैठक बसेको छ । बालुवाटारमा बसेको बैठक पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । सरकारको विकल्प खोज्न एमाओवादी भित्र पनि चर्को वसह भईरहको छ । सरकारमै रहेका अन्य दलहरु पनि अहिलेको सरकारको विकल्पको खोजीमा लागेका छन् भने काँग्रेसले पनि नयाँ सरकार गठनको तयारी तिव्र पारेको छ ।
No comments:
Post a Comment