‘काठमाडौंमा एक्सपर्ट बाट पोष्टमार्टम र फरेन्सिक टेस्ट गर्ने सल्लाह भएअनुसार शव काठमाडौं पठाइएको छ,’ चौधरीले नागरिकन्युजसँग भने ‘मेडिकल रिपोर्ट आएपछि मात्रै हत्या वा आत्महत्या भन्ने स्पष्ट हुनेछ।’
प्रेमीसँग सिमकार्डमा विवाद थियोः
प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीले दिएको प्रारम्भिक वयान अनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो। ‘मनिषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नागरिकन्युजसँग भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको वयानमा छ।’
बियर खाएर घर बाहिर सुतेको थिएँः प्रेमी
मनिषासँग विवाद पछि सामान्य हानाहान भएको झोँकमा प्रेमी रुद्रनारायणले एकबोतल बियर खाएर मनिषाको घरमा गएको प्रहरी वयानमा स्वीकारेका छन्। रुद्रनारायणले प्रहरी वयानमा बताए अनुसार मनिषा घर भित्र र आफू घर बाहिर सुतेका थिए। ‘राति ११ बजे ब्युँझेर कोठा भित्र गएर हेर्दा मनिषा पासो लगाएर झुण्डिएको देखेँ,’ रुद्रनारायणले प्रहरीमा भनेका छन् ‘हेर्दा उनको मृत्यु भैसकेको थियो, मैले पासो खोलेर खाटमा राखेँ त्यसपछि आमालाई (रुद्रनारायणको आमा) घटना सबै बताएँ।’
आमाले गल्ती छैन भने कतै नभाग्न भनेर रुद्रनारायणलाई सल्लाह दिएको प्रहरी प्रारम्भिक वयानमा बताएकी छन्। रुद्रनारायणले आफूले हत्या नगरेको प्रहरी वयानमा बताएका अनुसन्धानमा संलग्न ती अधिकारीले जानकारी दिए।
प्रेमीले कल्भर्टमा पासो लुकाए
मृत अवस्थामा घर भित्र खाटमा भेटिएकी मनिषाको शव आसपासमा पासो लगाएको डोरी भने भेटिएन। पछि प्रेमी रुद्रनारायणले पासो आफूले घर छेउको कल्भर्टमा लुकाएको भन्दै पासो निकालेर प्रहरीलाई दिएका थिए। प्रहरीका अनुसार उक्त पासो समेत शवसँगै फरेन्सिक टेस्टका लागि काठमाडौं ल्याइएको छ।
पाँच बजे मनिषाको फेसबुक प्रोफाइल चेन्ज
मनिषाले बुधबार वेलुका करिव पाँचबजेको समयमा आफ्नो फेसबुक प्रोफाइल फोटो चेन्ज गरेको देखिन्छ। उनले राखेको फोटोमा एक घण्टापछि दाजु विमल घर्तीले ‘विउटिफुल सिस्टर मिस यु’ भन्दै कमेन्ट गरेका छन्। विमल देश बाहिर (बेल्जियम) छन्। दाइको कमेन्टमा मनिषाले तुरून्तै ‘थ्याङ्क्यु दाइ, मिस यु टु’ रिप्लाई गरेको देखिन्छ।
फेसबुकमा निकै सक्रिय रहने मनिषाले चेन्ज गरेको अन्तिम फोटोमा कमेन्ट गर्ने दर्जनौंलाई उनले रिप्लाई गरेकी छन्। वेलुका ६ बजे पछि उनी फेसबुकमा सक्रिय छैनन्।
-Nagariknews.com
No comments:
Post a Comment