Saturday, May 7, 2016

बार्यन म्युनिखलाई लगातार चौंथो पटक बुन्डेजलिगाको उपाधि

एजेन्सी,बैशाख २६ । बार्यन म्युनिखले लगातार चौथो पटक जर्मन लिग बुन्डेजलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा इंगोस्टाडलाई २–१ ले हराएर बार्यनले लिगको एक खेल अघि नै उपाधि पक्का गरेको हो। बार्यनका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे। खेलमा बार्यनका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । १५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले बार्यनलाई सुरुवाती अग्रता दिलाए ।

३२ औं मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा हार्टमान्नले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इंगोस्टाडका लागि एक गोल फर्काए । बार्यनले योसँग लगातार चौंथो तथा समग्रमा २५ औं पटक बुन्डेसलिगाको उपाधि जितेको छ । लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि जित्ने बार्यन पहिलो टिम हो । विजेता बनेको बार्यन म्युनिखको एक खेल बाँकी हुँदा ८५ अंक भएको छ । दोस्रो स्थानको बोरूसिया डर्टमुण्डको ७७ अंक छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts