Sunday, May 8, 2016

स्व. गायिका अरुणा लामाको सम्झना गर्दै हङकङमा नेपाली विद्यार्थी साँझ सम्पन्न (भिडियोसहित)

हङकङ, स्व. गायिका अरुणा लामाको सम्झना गर्दै हङकङमा विविध साँस्कृतिक कार्यक्रम, चित्रकला प्रदर्शनी, गाियका अरुणा लामाबारे वृत्तचित्रको लोकार्पण र टाँकी पुस्तक विमोचना गर्दै नेपाली विद्यार्थी साँझ सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक एकराज राईले नेपाली विद्यार्थीहरुको व्यक्तित्व र प्रतिभा विकाशका लागि र नेपाली भाषा, कला, साहित्य र संस्कृतिकप्रति आकर्षण बढाउन गत पाँच वर्षदेखि नेपाली विद्यार्थी साँझ आयोजना गदै आएको बताए।

हङकङमा विभिन्न विद्यालयहरुमा नेपाली पाठ्यपुस्तक समाविष्ट हुनु पर्छ भन्दै अभियान छेड्दै आएका राईले नेपाली विद्यार्थीहरुलाई सहभागी गराउंदै थुप्रै सृजनात्मक कामहरु गर्दै आइरहेका छन्।

वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाले कार्यक्रममा बोल्दै गायिका अरुणा लामाबारे छोटकरीमा चर्चा गरेका थिए।

कार्यक्रममा सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राईद्वारा अरुणा लामासम्बन्धी वृत्तचित्रको लोकार्पण गरिएको थियो। सोही कार्यक्रममा वर्षेनी प्रकाशित हुंदै आएको नयाँ संस्करण टाँकीको विमोचनसमेत गरिएको थियो। टाँकीमा नेपाली विद्यार्थी तथा हङकङेली साहित्यकारहरुका लेख रचनाहरु प्रकाशित हुने गर्छ।

कार्यक्रममा नेपाली विद्यार्थीसहित चिनीयाँ र अल्पसंख्यक जातिका विद्यार्थीहरुले पनि नृत्य, गीतसंगीतलगायत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए।

हेर्नुहोस् कार्यक्रमको भिडियो झलकः

https://www.youtube.com/watch?v=30wUPQQfNc0

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts