काठमाडौं,जेठ ४ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेल र पानी जहाज भन्दा पहिले काठमाडौंमा सार्वजनिक बस सेवाको मात्र ब्यवस्था गर्न आग्रह गरेका छन् । घर–घरमा ग्याँसको पाइप पुर्याउने, दुई वर्षमा लोडसेडिङ हटाउने, रेल मार्ग निर्माण गर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा फहराउँदै नेपालले आफ्नो पानी जहाज चलाउने बताए ।
हिन्द महासागरमा नेपाली झण्डासहित हिडाउने घोषणा गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामको यस्तो टिप्पणी आएको हो । ट्वीटरमा उनले लेखेका छन्, ‘ प्रमले रेल र पानीजहाज दिनुभन्दा पहिले काठमाण्डौ लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ !’
No comments:
Post a Comment