काठमाडौं । नेपालमा १० वर्षे जनयुद्ध गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विस्तृत शान्ति सम्झौतापछि भने सशस्त्र युद्धको विधिवत अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसकेको छ । त्यसयता दुईवटा चुनावमा भाग लिँदै दुईपटक सरकारको नेतृत्वसमेत गरिसकेको छ भने अहिले पनि सरकारमा सहभागी रहेको छ । तर, अमेरिकामा भने अझै पनि माओवादीको नाम लिएर शरणार्थी बन्नेहरुको संख्यामा कमी आएको छैन ।
पत्रकार किशोर पन्थीले हफिङटन पोष्टमा लेखेको एउटा रिपोर्टमा भनिएको छ, ‘अहिले एमाओवादी व्यवस्थापिका संसद्को तेस्रो ठूलो दल छ भने केपी ओली नेतृत्वको सरकारमा सहभागी पनि छ । पार्टीकै जनमुक्ति सेनाका पूर्व कमाण्डर देशको उपराष्ट्रपति बनेका छन् भने जनमुक्ति सेनाकै पूर्व सदस्य ओनसरी घर्ती मगर देशको पहिलो महिला सभामुख बनेकी छिन् । तर, अझै पनि अमेरिकामा माओवादीको ‘सफाया’ को त्रास देखाउँदै राजनीतिक शरण लिनेहरुको कमी आएको छैन ।’
यसो त अमेरिकाको स्टेट डिपार्टमेन्टले एमाओवादीलाई विश्वको आतंकवादी संगठनको सूचीबाट हटाइसकेको छ । ‘माओवादीहरु आतंकवादी गतिविधिमा संलग्न छैनन्,’ डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डिपार्टमेन्टको मूल्यांकनमा माओवादी आतंकवादी गतिविधिमा संलग्न नरहेको र अमेरिकी नागरिक वा अमेरिकी विदेश नीतिको विरुद्धमा नरहेको स्पष्ट पारिएको छ ।
यद्यपि, माओवादीको नाममा अमेरिकामा शरणार्थी बन्नेहरुको संख्यामा कमी आएको छैन । सन् २०१३ मा अमेरिकामा शरण पाएका अन्य देशका नागरिकमा नेपाल चौंथो स्थानमा रहेको छ । जसमा चीन (३४ प्रतिशत), इजिप्ट (१४ प्रतिशत), इथोपिया (३.५ प्रतिशत), नेपाल (३.४ प्रतिशत) र सिरिया (३.२ प्रतिशत) रहेका छन् । यी पाँच देशका नागरिकले अमेरिकामा शरण लिने जनसंख्यामध्ये आधा रहेको रिपोर्टमा उल्लेख छ ।
सन् २०१२ मा नेपालबाट शरणार्थी बन्न खोज्नेको संख्या उल्लेख्य नै रहेको थियो । जसमा नेपालले ३.३ प्रतिशत ओगटेको थियो । पछिल्लो १० वर्षमा यस मामिलामा नेपाल सँधै टप टेनमा नै पर्ने गरेको छ, अमेरिकाको डिपार्टमैन्ट अफ जस्टिस एक्जिक्युटिभ अफिस फर इमिग्रेसन रिभ्युको तथ्यांकमा उल्लेख छ ।
शरणार्थी बन्न खोज्ने प्रवृति नयाँ भने होइन । सन् १९९० मा प्रजातन्त्र पुर्नबहालीपछि आफू असुरक्षित रहेको भन्दै धेरैले राजनीतिक शरण खोजेका थिए भने सशस्त्र युद्धका क्रममा नेपाली कांग्रेस, एमाले लगायत अन्य राजनीतिक दलका सदस्यहरुले माओवादीबाट आफूलाई असुरक्षा रहेको भन्दै राजनीतिक शरण खोजेका थिए । आजभोलि तराईका सशस्त्र समूह र हिन्दु अतिवादीको नाम जोडिन थालेको छ ।
हाल अमेरिकामा शरण खोजिरहेका अधिकांश माओवादीकै कारण देश फर्कन नसक्ने बताउँछन् । ‘यद्यपि, न त आज सशस्त्र द्वन्द्व छ न त माओवादीसँग हतियार नै छ । परिस्थिति बदलिएको छ,’ रिपोर्टमा भनिएको छ ।
-www.ratopati.com
Saturday, April 9, 2016
माओवादीको नाम लिएर अमेरिकामा अझै पनि ‘कार्डधारी’ बन्ने लर्को
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment