पप्पु गुरुङ्ग-दोधारा चाँदनी । दोधारा चाँदनीमा बिभिन्न प्रलोभन दिएर बेचिएको भनिएको एक युवती भारतबाट भागेर आफ्नो घर फर्केका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २, कालिका टोल निवासी १८ वर्षिय बिपना ठगुन्ना (नाम परिवतर्तन गरिएको) भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ स्थितबाट भागेर दोधारा चाँदनी फर्केका छन् ।
पिडित ठगुन्नालाई उनैको छिमेकी अन्ताजी ४१ वर्षिय शंकर धामीले २०६६ सालमा बैगलोरमा राम्रो जागिर दिने भन्दै सुटुक्क बैगलोर पु-याएको बिपना ठगुन्नाले बताएका छन् । “दिन दिनै म संग भेट गरेर तिम्रो घरमा कमाई गर्ने कोही छैनन् । तिमीले राम्रो काम पाउछौं ।
म संग बैगलोर हिड्, शंकर दाईले भन्ने गर्थ्यो” बिपना ठगुन्नाले भनिन् । “त्यत्तीजेल म १२ वर्षको थिए कक्षा ८ मा पढ्दै थिए” उनले थपिन् । “म पनि शंकर दाई लाई बिश्वास माने ।” रुदै बिपनाले भनिन् । उनलाई बैगलोर लगेर शंकर धामीले प्रेम ठगुन्नाको कोठामा लगेर राखेका थिए । प्रेमको घरमा उनका श्रीमती सिता ठगुन्ना उनका छोरा बिरु र एक छारी रहेको बताईएको छ् । प्रेमको घरमा राखेको एक साता भित्र बिपनालाई शंकरले काम दिलाएका थिए । उनलाई १४ वटा अलग अलग घरहरुमा भाडा माझ्ने काम गरे बाफत मासिक भारतिय रुपिँया २३ हजार हुन आउने गरेको बताएकी छिन् । मासिक दिन नबित्दै शंकर धामी आएर पैसा बुझेर लग्ने गरेको साताको ३ रात ठुला ठुला सेठको ओछ्यानमा लगेर शंकरले छाडेर आउने र राती बिहान पख लिन आउने गरेको बिपनाले बताएकी छिन् ।
एक सेठ संग सुते बाफत शंकरले १० हजार लिने गरेको थियो । शंकर बैगलोरमा ट्रक चालक हो । “नमान्दा नमान्दै कति जना संग सेठको ओछ्यानमा सुत्नु प¥यो । म आफैलाई थाहै छैन् ” बिपनाले भनिन् । आफुले दिन दिनै शंकर, प्रेम लागएत उनलाई श्रम शोषण तथा यौन शोषण गर्दै आएको उनले आरोप लगाएकी छिन् । उनि बैगलोरमा दिन दिनै कुटिएको बताउछिन् ।
“नरकमा गएको जस्तो भयो ” उनले भनिन् उनलाई बन्धक बनाएर राखेको बिपनाको भनाई छ् । एक दिन एक सेठको घरमा लग्दै गर्दा शौचालय जान्छु भनेर भागेर बिपना दोधारा चा“दनी पुगेको हुन् । उनलाई बाटोमा एक धनगढीको एक युबकले बनाबासा सम्म पु¥याउन सहयोग गरेको उनको भनाई छ् । उनले आफु माथी श्रम तथा यौन पेशामा धकेल्न खोज्ने बिरुद्ध चाडै मुद्धा दर्ता गरेर कार्वाही गर्ने प्रक्रियाको तयारीमा रहेको बताएका छन्
No comments:
Post a Comment