Thursday, April 7, 2016

नामिबियासँगको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं,चैत २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि बन्दिला वार्नापुरा , प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट अन्तिम टिम घोषणा गरेको हो । पारस खड्काको कप्तानीमा रहेको टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन् ।
यसैगरी सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेष्वाकर, विनोद भण्डारी,सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन टोलीमा परेका छन्। यसैगरी सन्दीप लामिछाने, करण केसी, सुसान भारी र राजेश पुलामी मगर पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपाल र नामिबियाबिचको खेल आउँदो वैशाख ४ र ६ गते त्रिवि क्रिकेट मैदानमा हुने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts