ललितपुर,बैशाख ५ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ । मोबाइल हबको रुपमा परिचित ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ को अवधिभर कुनैपनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको छ ।
यो योजनाअन्तरगत ग्राहकहरुले कुनैपनि ब्राण्डको रु ३५,००० भन्दा बढि मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहारमा प्राप्त गर्नेछन् । ३५ हजार रुपैंया भन्दा बढिको मोबाइल खरिदमा ग्राहकहरुले सिंगापुरको ब्राण्ड डिटिसीको रु १,००० मूल्य पर्ने वाऊ फोन उपहारमा निशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुलाई रु ३५,००० भन्दा बढि मूल्यका स्मार्टफोनहरु बजार मूल्यमा बिक्री गरिने छ र ग्राहकले अर्को फोन निःशुल्क घर लान सक्नेछन् ।
यसका साथै ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि ब्राण्डको मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट योजना पनि संचालनमा रहेको छ । कम्प्लेक्समा मोबाइल खरिद गर्ने हरेक ग्राहकहरुलाई हातखाली नहुने गरि उपहारको व्यवस्था पनि कायमै राखिएको छ । विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको छ । हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना भईरहेको मेलामा दैनिक तीन जना अवलोकनकर्ताहरुले तीनवटा स्मार्टफोन जित्न सक्नेछन् । ललितपुर मलले आयोजना गर्ने मेलामा निशुल्क प्रवेशको साथमा प्राप्त हुने कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् ।
त्यसैगरी मेलाको अवधिभर ललितपुर मलमा कुनै पनि सामाग्री खरिद गर्न आउने एस. एल. सी. दिएर बसेका विद्यार्थीहरुको लागि विशेष छुट दिईनेछ ।
न्यू ईयर मेला अवधिभर ललितपुर मलमा कुनैपनि सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको छुट दिईनेछ ।
Sunday, April 17, 2016
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment