Sunday, April 17, 2016

दुई महिनाअघि हराएकी बालिकाको भारतबाट उद्धार

भीमदत्तनगर,वैशाख ५ । दुई महिनाअघि हराएकी बालिकाको माइती नेपाल कञ्चनपुरले भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरेको छ । भीमदत्तनगरपालिका–८ की १२ वर्षीया बालिका दुई महिनाअघि हराएकी थिइन् । माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् । हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए । ‘फोन लोकेसनबाट बालिकाको उद्धार सहज भएको हो,’ संयोजक भट्टले भनिन् – ‘हामीलाई भारतीय प्रहरी र त्यहाँका विभिन्न मानव बेचबिखनविरुद्धका सङ्घसंस्थाले पनि उद्धारमा सघाए ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts