Monday, April 11, 2016

नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो

जुम्ला, चैत २९ ।  नेपाल एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ ।  जुम्लाबाट नेपालगञ्ज उड्न लागेको विमानको नोज गिएर(अगाडीको पांग्रा)को तार चुँडिएको थियो ।

त्यसपछि जहाजमा चालक दलले नियन्त्रण गुमाएका थिए र जहाज धावनमार्गबाट बाहिर जान लागेको थियो  । त्यहिँ बेला चालकले विमानको इन्जिन बन्द गरेर बिमान धावनमार्गमा नै रोकेका कारण ठूलो दुर्घटना टरेको छ ।

यो बिमान नेपालगञ्जबाट यात्रु लिएर जुम्ला आई पुन नेपालगञ्ज फर्कन लागेको थियो । नेपालगञ्ज उड्न लागेको जहाजमा १६ जना यात्रु र चालक दलका सदस्य थिए ।

बिमान बिग्रिएपछि अहिले जुम्ला विमानस्थलमै रोकिएको छ । यात्रु तथा चालक दलका सदस्य पनि रोकिएका छन् । विमानको विग्रिएको सामान काठमाडौंबाट मगाएको र मंगलबार बिहान सामान आएपछि विमानलाई मर्मत थालिने विमानस्थल कार्यालयले जनाएको छ ।

unn.com.np

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts