Monday, April 11, 2016

खोटाङमा बस दुर्घटना, १५ जनाको जनाको मृत्यु

खोटाङ,चैत ३० । खोटाङमा भएको बस दुर्घटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । खोटाङको महादेवस्थान–१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा उनिहरुको ज्यान गएको हो । दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस मंगलबार विहान महादेवस्थान–१ काभ्रेमा सडकबाट बस झण्डै २ सय मिटर तल खसेको बताईएको छ।

अहिलेसम्म १५ जनाको शव बसबाट निकालिएको छ भने १० जना घाइतेहरुको उद्धार गरिएको छ। मृतकको पहिचान भने हुन नसकेको हलेसी महादेवमा रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ । दुर्घटनाकाे कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts