काठमाडौं,बैशाख १ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा कुनैपनि नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दापनि जनताले सास्ती पाएको उल्लेख गर्दै बैशाख ६ गतेबाट हुने आन्दोलन कुनैपनि किसिमको नाकाबन्दी कार्यक्रम नहुने बताएका हुन् । उनले भने,‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैर्नौ, आन्दोलन सिंहदरबार केन्द्रीत हुन्छ, यो आन्दोलन कसैको विरुद्धमा होईन, अधिकारप्राप्तिको लागि हो ।’
अध्यक्ष महतोले विगतमा मधेश केन्द्रित आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लगाएको उल्लेख गर्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त बनाउने बताएका हुन । उनले भने,‘अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले विगतमा सरकारलाई दबाब दिनको लागि बाध्य भएर आफूहरुले नाकाबन्दी गरेको भएपनि सरकारले सुनुवाई नगरेकोले अब हुने आन्दोलनले सरकारको घुँडा टेकाएर छाड्ने दाबी गरे । उनले थपे,‘‘हामी सिंहदरबार घेर्छौं, हाम्रा माग सम्बोधन हुनेगरि संविधान संशोधन नभएसम्म हामी आन्दोलन गरिरहन्छौं ।’’
महतोले प्रधानमन्त्रीले जनताको नाममा गरेको सम्बोधनवारे टिप्पणी गर्दै भने,‘ओलीको सम्बोधन बकवास छ, यो औचित्यहिन छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’
ओलीले वार्ताको लागि आह्वान गरेर आन्दोलन तुहाउने नाटक मञ्चन गरेको भन्दै उनले थपे,‘हामीले वार्ताको लागि आन्दोलन स्थगित् गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, त्यसैले उहाँहरु मुलुकलाई निकास दिने पक्षमा हुनुहुन्न, त्यसैले अब वार्ताको कुनै सम्भावना छैन ।’
नयाँ वर्षको सम्बोधनमा आफूहरुले प्रधानमन्त्री ओलीको राजिनामाको उपहार खोजेको बताउँदै सम्बोधनको नाममा सरकारले जनतालाई उपहास गरेको उनले बताए । मधेशीको माग नै नबुझेको भन्ने प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा जानु भनेको ओलीको अनुहार हेर्न जाने काम मात्रै हुने उनले बताए ।
यद्धपी अध्यक्ष महतोले आन्दोलन आफूहरुको कुनै चाहना नभएको स्पष्ट पारे । उनले थपे,‘आन्दोलन हाम्रो बाध्यता हो, दुई महिनासम्म पनि आन्दोलन स्थगित गर्दा वार्ता गरिएन, अल्टिमेटम दिएको अन्तिम दिनमा आएर सरकारले हामीलाई वार्तामा बोलाउनु भनेको जनतालाई झुक्याउने काम हो, यो वार्ताको नौटंकीमात्रै हो ।’
उनले बैशाख ६ गते पहिचान पक्षधरहरु मधेशी, जनजाती, आदिवासीलगायत सबै शक्तिहरुसँगको छलफलपछि बृहत्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।
क्लबका अध्यक्ष ऋषि धमलाले एकता, सहकार्य र सहमतिका साथ अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । धमलाले भने,‘‘नयाँ वर्षसँगै मुलुकमा सहमति कायम गरेर अघि बढ्ने दिशातर्फ प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लाग्नुपर्छ, यसो भयो भने मात्रै मुलुक र जनताको भलो हुन्छ ।’’
उनले शीर्ष नेताहरुलाई मुलुक र जनताको सुख, समृद्धि र विकासको लागि केन्द्रित हुन समेत आग्रह गरेका छन् ।
Wednesday, April 13, 2016
‘अब नाकाबन्दी गर्ने आन्दोलन हुँदै हुँदैन’-महतो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment