Thursday, April 14, 2016

नयाँ शक्ति विवादको भूमरीमा,विश्वदिप र जेकेन्द्रबीच तँ तँ र म म

काठमाडौं,बैशाख ३ ।  नयाँ शक्ति नामक पार्टी गठन नहुँदै विवादको भूमरीमा नराम्ररी फसेको छ । युद्धकालदेखि नै बाबुरामका स्वीकय सचिव रहेका विश्वदिप पाण्डे र ज्वाइ जेकेन्द्र श्रेष्ठबीच त त र म म भएको छ । हिसिलाले ज्वाईलाई हरेक गतिविधिमा परिचालन गरेपछि असन्तुस्ट रहेका विश्वदिपले मर्यादा नाघेको भन्दै साइजमा बस्न निर्देशन दिएपछि मलाई निर्देशन दिने तिमी को हौ भन्दै पटक पटक त त र म म भएको बताइन्छ ।

हिसिलाले विश्वास गरेका सबैले धोका दिएको र गड्यौला काण्ड समेत सार्वजनिक गरेपछि विश्वासिलो मान्छे पनि हुने , छोरीको घरबार पनि हुने भन्दै जेकेन्द्रलाई छोरी मानुषी अन्माएकी हुन् । विश्वदिप बाबुरामसँग मात्रै रहने र आफ्नो कुनै सहयोगी नभएको भन्दै हिसिलाले ज्वाइलाई परिचालन गरेकी छिन् ।

तर पछिल्लो दिनमा पाण्डेको काममा समेत जेकेन्द्रले हस्तक्षेप गरेको र जान्ने भएको भन्दै दुई बीच अत्यन्तै तिक्त सम्बन्ध रहेको सानेपा स्रोतको भनाइ छ । उक्त स्रोतकाअनुसार जेकेन्द्रले आफूलाई म्यामले भनेको काम गरेको बताएका छन् । त्यसो त बाबुराम भने जेकेन्द्र बढी जान्ने भएको भन्दै ज्वाइ समेत नभन्ने भन्दै पाण्डेको पक्षमा लागेपछि बाबुरामको घर परिवार नै बिग्रने अवस्थामा पुगेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts