Thursday, April 14, 2016

साउदीमा नेपाली कार्यवाहक राजदूतमाथि दूताबासमै छुरा प्रहार

२ वैशाख, रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा वप्रहार भएको छ ।

रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै शर्मामथि छुरा प्रहार भएको हो । शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

केही महिनादेखि दूताबासको सेल्टरमा रहेका नेपालीले नै छुरा प्रहार गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अनलाइनखबरसाग भने, ‘छुरा लिएर गएर ढोका लगाएर आक्रमण गरेका रहेछन् ।’

कार्यवाहक राजदूतको अवस्था खतरामुक्त छ । छुरा हान्ने नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts