Sunday, April 24, 2016

प्रहरीलाई घुँडामुनि गोली हान्ने तालिम

काठमाडौं,बैशाख १३ । भीड नियन्त्रणका क्रममा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन् । टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेको हो । स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ । तर, तालिममा टाउको, छातीलगायत संवेदनशील अंगमा गोली हान्न सिकाइने भएकाले कार्यक्षेत्रमा कानुनअनुसार जान नसकिएको निष्कर्ष उनीहरुले निकालेका हुन् ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा चर्केको आन्दोलनका क्रममा भीड नियन्त्रण गर्दा दुबै सुरक्षा संगठनले अपनाएको शैली मानवअधिकार संगठनबाट समेत आलोचित भएको थियो । मधेस आन्दोलनमा प्रहरी गोली लागेर ५० भन्दा बढीको ज्यान गएको छ ।

भीड नियन्त्रणमा गोली चल्दा मानवीय क्षति भएको गुनासो बढेपछि फायरिङ तालिकमो मोडल परिवर्तन गर्न लागिएको नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts