काठमाडौं,बैशाख १३ । नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ग्याप छ। पाँच महिना लामो नाकाबन्दीले खाजी भएका अधिकांश सिलिन्डर रिफिलिङ गर्न सामान्य दिनको तुलनामा बढी ग्यास आवश्यक भएपनि आपूति नबढ्दा ग्याप देखिएको हो।
इन्डियन आयल कर्पोरेसनबाट नेपालका लागि मासिक २९ हजार ४ सय १६ टन ग्यास आपूर्ति गर्न सक्ने कोटा छ। यो कोटा सामान्य अवस्थाका लागि तय गरिएको हो। निगम इतिहासमै मार्चमा ३० हजार टन ग्यास आपूर्ति भएको थियो। नेपाल आयल निगमले सामान्य दिनलाई आवश्यक पर्नेभन्दा धेरै प्रडक्ट डेलिभरी अर्डर जारी गर्दै आएको छ। निगमले फेब्रुअरीमा ३०, मार्चमा ३३ र अप्रिलमा ३७ हजार टन पीडीओ जारी गरेको हो।कारोबार दैनिकमा समाचार छ।
No comments:
Post a Comment