Monday, April 4, 2016

बैंकबाट ९ करोड ऋण लिई फरार भएका पक्राउ

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ९ करोड ऋण लिइ नतिरी फरार भएका पुष्करराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, गागलफेदी ५ का खड्कालाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ गरेको हो ।
उनले बैंकबाट ऋण लिइ पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी स्थापना गरेका थिए । पछि रकम नतिरेर उनी फरार भएका थिए। पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र ९ करोड जरिवानाको फैसला सुनाइसकेको छ ।
Source : setopati.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts