नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ। कांग्रेस निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनका लागि सोमबार कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
कांग्रेस निर्वाचन समितिका संयोजक रमेश रिजालले भोटिङ मेसिन लगायतका व्यवस्थापकीय काममा खर्च हुने भएकाले उम्मेदवारी दिँदा लाग्ने शुल्क सामान्य भएको बताए।
Source : setopati.com
No comments:
Post a Comment