काठमाडौं,चैत २७ । क्रान्तिकारी ध्रुविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन् ।
शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी धु्रविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं। ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा–टीका लगाएर स्वागत गरेका थिए ।
ध्रुविकरण कार्यक्रममा बोल्दै उपत्यका इन्चार्ज सन्तोष बुढाले हालै सम्पन्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लिएको निर्णयअनुरुप क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप क्रान्तिकारी साथीहरु माओवादीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले यो क्रम देशभर तीव्र रुपमा चलिरहेको बताए ।
सोही क्रममा विभिन्न पार्टीहरु छरिएर रहेका क्रान्तिकारीहरु राष्ट्रिय स्वाधीनताको रक्षा र अधुरो नेपाली क्रान्तिलाई पूर्णता दिन माओवादीमा गोलबन्द आह्वान पनि गरेका थिए ।
नेता बुढाले माओवादीहरुबीच एकता हुने चर्चा आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको र एकताको विषयलाई नेकपा माओवादीले एजेण्डा नबनाएको समेत स्पष्ट पारेका छन् ।
एमाओवादी संसदीय माओवादी बन्न पुगेको र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको बताए । एमाओवादी र वैद्य माओवादीभित्र रहेका सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी नेकपा माओवादीको एकीकृत जनक्रान्तिकारीको कार्यदिशमा एकजुट हुन पनि उनले आह्वान गरे । क्रान्तिकारी शक्तिलाई दबाल संसदवादी शक्तिहरु विदेशीसँग गठजोड गरेर लागिरहेको त्यसलाई विफल पार्न नेकपा माओवादी पनि दृढताका साथ अघि बढिरहेको उनले बताए ।
त्यस्तै पार्टी नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भासमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमा आवद्ध हुन भएको बताए ।
‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज म एमाओवादी पार्टी त्यागेर क्रान्तिकारी पार्टी नेकपा माओवादीमा आएको छु’ सुवेदीले भने ।
उनले एमाओवादीका क्रान्तिकारी साथीहरु छिट्टै पार्टी छाडेर समयमै क्रान्तिकारी पार्टीमा सामेल हुन आग्रह गरेका छन् । एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको बताए । सुवेदी एकीकृत नेकपा माओवादीका नेता झक्कु सुवेदीका जेठा छोरा हुन् । कार्यक्रमा माओवादी केन्द्रीय सदस्य माईला लामा,गुणराज लोहनी, आदर्श लगायतका नेताहरुको पनि उपस्थिति थियो ।
Saturday, April 9, 2016
एमाओवादी नेता झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा प्रवेश
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment