Sunday, April 10, 2016

सभामुख घर्ती अस्पताल भर्ना, संवैधानिक परिषदको बैठक प्रभावित

काठमाडौं,चैत २८ । सभामुख ओनसरी घर्तीमगर विरामी पर्नु भएको छ । उनलाई धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको छ । घर्तीलाई शनिबार रातिबाट पेट दुख्ने र वान्ता हुन थालेपछि अस्पताल भर्ना गरिएको हो । उनलाई खुट्टा फर्किने, पेट दुख्ने, वान्ता हुने समस्या देखिएको स्वकिय सचिव निशान मगरले जानकारी जानकारी दिए ।

डा. डिबी कार्की नेतृत्वको चिकित्सक टोलीले सभामुख घर्तीको उपचार गरिरहेको छ । घर्ती विरामी भएपछि संवैधानिक परिषदको बैठक प्रभावित भएको छ । भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भन्दै आइतबार बिहान संवैधानिक परिषदको बैठक बोलाइएको थियो । मंगलबारदेखि प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास पाउने भएपनि वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको सिफारिस हुन सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts