Saturday, April 9, 2016

अमेरिकामा शरणार्थी बन्न खोज्ने नेपाली सहित ८५ मुस्लिमलाई लाई आफ्नै देश फर्काइयो

एजेन्सी । अमेरिकामा शरण लिन खोज्ने नेपालसहित भारत र बंगलादेशका ८५ मुस्लिमलाई आफ्नै देश फर्काइएको छ । अमेरिकाले उनीहरुको शरणार्थी आवेदन पत्र अस्वीकार गरेको हो । आफ्नो देशमा हिंसा र असुरक्षा रहेको भन्दै उनीहरुले अमेरिकामा शरणार्थीका रुपमा बस्न पाउन आवेदन दिएका थिए ।

उनीहरुलाई अप्रिल ३ मा डिपोर्ट गरिएको थियो । यसरी आफ्नै देश फर्काइकाहरु मध्ये केही गत वर्ष भोक हड्तालमा बसेकाहरु छन् भने केही लामो समयदेखि न्यायिक हिरासतमा थिए । तर, यसरी देश फर्काएकाहरुमा नेपाली कति छन् भन्ने खुलाइएको छैन अनलाईन खबरले समाचार लेखेको छ । ‘उनीहरुले इमिग्रेसन कोर्टमा आफ्नो मुद्दा राख्न पाए । तर, अस्वीकृत भएको छ’ इमिग्रेसन कस्टम्स एण्ड एनफोर्समेन्ट एजेन्सी (आईसीई)का एक अधिकारीले भनेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts