Sunday, April 17, 2016

एनसेललाई बहिस्कार गर्ने नयाँ शक्तिको चेतावनी

काठमाडौं,बैशाख ५ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले सरकारलाई तिर्नु पर्ने कर नतिरेमा एनसेललाई बहिस्कार गर्ने चेतावनी दिएको छ । निजी क्षेत्रको ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारले पाउनुपर्ने कर असुल गर्न नयाँ शक्ति नेपालले ठूला करदाता कार्यालयलाई सचेत गराउदै यस्तो चेतावनी दिएको हो ।

राज्यलाई तिर्नु पर्ने उचित कर नतिरेमा एनसेल विरुद्ध राष्ट्रब्यापी अभियान चलाउने जानकारी समेत नयाँ शक्तिले दिएको छ । टेलिया सोनेराको स्वामित्वमा रहेको एनसेल विक्री प्रकरण टुङ्गिएपनि यसले सरकारलाई तिर्नु पर्ने करबारे विवाद चलिरहेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गर्दा कर छली गरेको भन्दै नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारलाई कर तिर्नुपर्दैन भन्ने ब्याख्या सबैतिर भएकाले त्यसविरुद्ध खबरदारी गरेको बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts