Monday, April 4, 2016

दिलवाले’ वर्षकै झुर फिल्म, सोनम कपुर झुर अभिनेत्री

शाहरुख खान–काजोल अभिनित रोहित शेट्टीको फिल्म ‘दिलवाले’ले वर्ष २०१५ को सबभन्दा झुर फिल्मको अवार्ड पाएको छ । वर्षभरीका सबभन्दा नराम्रा फिल्म र कलाकारलाई ‘पुरस्कृत’ गर्दै आएको गोल्डन केला अवार्डको आठौं संस्करणमा ‘दिलवाले’ विजेता बनेको हो । यसमा सानदार, बम्बे भेल्भेट, सिंह इज ब्लिङ र तेवर पनि प्रतिस्पर्धामा थिए ।

‘प्रेम रतन धन पायो’का लागि सोनम कपुरले वर्षकी सबभन्दा वाहियात अभिनेत्रीको अवार्ड पाइन् । यसमा उनले ‘एबिसिडी २’की श्रद्धा कपुर र ‘सिंह इज ब्लिङ’की एमी ज्याकसनलाई उछिनेकी हुन् ।

थुप्रै अवार्डहरुमा उत्कृष्ट नयाँ हिरोको अवार्ड पाएका सुरज पंचोलीले गोल्डन केलामा भने ‘हिरो’का लागि वर्षकै रद्दी अभिनेताको अवार्ड पाए । यो विधामा ‘रोय’का लागि अर्जुन रामपाल, ‘तेवर’का लागि अर्जुन कपुर र ‘कट्टी बट्टी’का इमरान खानले उनलाई टक्कर दिएका थिए ।

झुर निर्देशकको अवार्ड ‘प्रेम रतन धन पायो’का लागि सुरज बड्जात्याले झुर निर्देशक ‘बस किजिए बहुत हो गया’ अवार्ड पाए ।

‘पोइन्टलेस रिमेक/सिक्वेल’को अवार्ड ‘एमएसजी २’ले पायो भने ‘बावरा हो गया है के’ अवार्ड ‘सानदार’का निर्देशक विकास बहलले पाए । ‘प्रेम रतन धन पायो’को शीर्ष गीतले वर्षको सबभन्दा ‘इरिटेटिङ’ गीतको अवार्ड पायो ।

‘कट्टी बट्टी’का इमरान खानले ‘ह्वाई आर यु स्टिल ट्राइङ’ नामक अवार्ड पाए । संजय लिला भन्सालीको ‘वाजिराव मस्तानी’ले ‘मनोज कुमार अवार्ड फर हिस्टोरिकल एक्युरेसी’ को अवार्ड पायो भने, दिलवालेको गीत ‘गेरुवा’ले संघ परिवार अवार्ड पायो । यसै वर्ष गायिका बनेकी सोनाक्षी सिन्हाले आफ्नो एल्बम ‘इस्कोहोलिक’का लागि ‘ह्वाट द हेल’ अवार्ड पाइन् ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts