Thursday, April 7, 2016

वेष्टइण्डिजका स्पिनर सुनिल नारायणमाथिको निलम्बन हट्यो

एजेन्सी,चैत २६ ।  बलिङ एक्सन सुधार भएको भन्दै  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले वेष्टइण्डिजका अफ स्पिनर सुनिल नारायणमाथिको निलम्बन हटाएको छ । हालै उनको एक्सन जाँच गर्दा गैरकानुनी नपाईएपछि आइसीसीलेले उनिमाथिको प्रतिबन्ध हटाएको हो । अब उनले अन्तराष्ट्रिय तथा घरेलु म्याचमा बलिङ गर्न पाउनेछन् ।

२८ मार्चमा चेन्नईको श्री रामचन्द्र युनिभर्सिटीमा उनको बलिङ एक्सन फेरि चेक गरिएको छ, जहाँ उनको कुहिनो आइसीसीले तय गरेको मापदण्ड अनुसार १५ डिग्रीभित्र नै घुमेको पाइएको छ । तर, भविश्यमा अम्पायरले कुनै बेला उनको बलिङ एक्सनमा आशंका गरे फेरि छानविन हुने आइसीसीले बताएको छ  ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts