Tuesday, April 19, 2016

सट नयकयसलसग बरबरम रकय

एजेन्सी,बैशाख ८ । रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको न्युक्यासलले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो । सिटीले १४ औं मिनेटमा सर्जियो अग्युरोले गोलवाट अग्रता लिएको थियो ।

तर ३१ औं मिनेटमा भर्नोन अनिताले न्युक्यासलका लागि बराबरी गोल फर्काए । बराबरीमा रोकिएसँगै म्याचेस्टर सिटी ३४ खेलबाट ६१ अंकका साथ तेस्रो स्थानमा यथावत छ। शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको ७३ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ६० अंक छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts