Tuesday, April 19, 2016

एमल ससद रजयलकषम गलछमथ समपतत शदधकरणम छनबन

काठमाडौं,बैशाख ८ । सम्पत्ति शुद्धीकरण विभागले एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि सम्पत्ति शुद्धीकरणको छानविन थालेको छ। एमालेका विभिन्न नेतालाई ३ करोड रुपैयाँभन्दा बढी रकम दिएर सभासद बनेको अभिव्यक्ति दिएकी सांसद गोल्छालाई सोही बयानका आधारमा सम्पत्ति शुद्धाीकरणमा छानबिन अघि बढाइएको हो।

मोरङबाट समानुपातिक सांसद बनेकी गोल्छाले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण मगाएर विभागले उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो। सम्पत्ति शुद्धीकरण विभागले १० कात्तिक २०७२ मै सांसद गोल्छाको सम्पत्ति विवरण मागेर संसद सचिवालयमा पत्र पठाएपनि मंगलबारमात्र सो पत्र संसद सचिवालयमा दर्ता भएको छ।

विभागले पत्राचार गरेको ६ महिनासम्म बाटोमै अड्किएको पत्र मंगलबार संसदमा दर्ता भएलगत्तै संसद सचिवालयले विवरण उपलब्ध गराउने प्रक्रिया थालिसकेको जनाएको छ। सम्पत्ति शुद्धीकरण विभागले सांसद गोल्छालाई समेत ५ वैशाखमा बेग्लै पत्र लेखी अनुसन्धानका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ। तर सो पत्र उनको हातमा पुगिसकेको छैन। राजधानी दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts