Tuesday, April 19, 2016

चनय जहज उडउद आमदनभनद तनगण बढ खरच !

काठमाडौं,बैशाख ८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ । निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए-६० ले एक वर्ष र १८ सिटे वाई १२-ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको आजको नागरिक दैनिकमा समाचार छ ।

२०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए-६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै वाई १२-ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । यही एक वर्षमा एमए-६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र १२-ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts