Saturday, April 2, 2016

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

एजेन्सी,चैत २१ । रियलको जितसँगै बार्सिलोनाको ३९ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । नाउ क्याम्पमा भएको इएल क्लासिको गुमाएसँग उसको अपराजित यात्रा टुंगिएको हो । बार्सिलोना गएको वर्षको अक्टोबर तीनमा सेभिल्लासँग २–१ ले पराजित भएयता अहिलेसम्म पराजित भएको थिएन । गएराति बार्सिलोनाको घरेलु मैदानमा नाउ क्याम्पमा भएको खेलमा रियल मड्रिले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
खे५६ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६२ औं मिनेटमा करिम बेन्जिमाले रियलका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा कप्तान सर्जियो रामोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो । तर त्यसको दुई मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले रियलका लागि गोल गरे र २–१ को जित दिलाए ।

जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंकका तेस्रो स्थानमै यथावत छ। रियल मड्रिडसँग पराजित भएको बार्सिलोना समान खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमै छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ७० अंक छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts