Saturday, April 2, 2016

भारत-र्इयु संयुक्त वक्तव्य: कांग्रेस र मधेसी मोर्चाद्वारा समर्थन

काठमाडौं,चैत २१ । भारत र युरोपेली युनियन (ईयु)ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन्। नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीले भारत र र्इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका छन्।

तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा. शेखर काइरालाले नेपाली सार्वभाैमिकतालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन्। कांग्रेसका अन्य नेताहरूबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

‘पार्टीको अाधिकारिक धारढण सभापति देउवाबाटै अाउँछ,’ उनले भने। पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ,’ भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ।

उता सत्ता गठबन्धनमै रहेको गैरवाम शक्ति राप्रपाले भारत-इयु टिप्पणीको अालोचना गरेपनि सरकारको प्रतिक्रिया अावश्यकताभन्दा बढी भएको बताएको छ।

आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेल्सबाट आएको बताएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts