Monday, April 11, 2016

राजधानी ठप्प पार्ने मोर्चाको तयारी,वैशाख ६ मा विशेष घोषणा

काठमाडौं,चैत २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानी ठप्प पार्ने गरि आन्दोलन गर्ने राजधानी ठप्प पार्ने मोर्चाको तयारी,वैशाख ६ मा विशेष घोषणा गरेको छ । नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय  बैठकले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न लागेको हो ।  वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबारसम्म सरकारलाई दिएको अल्टिमेटमको समय बाँकी रहेको जनाएको सचिवालयले प्रधानमन्त्री केपी ओलीले अल्टिमेटमलाई सम्बोधन नगरे वैशाख ६ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts