Saturday, April 16, 2016

नामिबियाद्धारा नेपालसामू १९६ लक्ष्य प्रस्तुत

काठमाडौं,बैशाख ४ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाल लाई  एक सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो ।

उसका लागि सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए । जेन ग्रिनले १४ रन बनाए ।
नेपालका बसन्त रेग्मीले चार, सोमपाल कामीले तीन तथा कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts