Sunday, April 3, 2016

देउवालाई प्रधानमन्त्री बनाउन ओली सरकारविरुद्ध अनौठो गठबन्धन

काठमाडौं,चैत २२ । कांग्रेसभित्र अनौठो एकता र गठबन्धनमा सहभागी पार्टीहरुबीच विवाद सुरु भएपछि सत्ताको खेल नयाँ ढंगले अगाडि बढ्ने देखिएको छ । कांग्रेसमा कोइराला ब्रदर्शले संसदीय दलको नेता बनाउने मात्र होइन, प्रधानमन्त्री बनाउने वचन दिएको बुभिन्छ । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई प्रधानमन्त्री बन्न सघाएर पार्टीको कमाण्ड अघोषित रुपमा हातमा लिने र सरकारमाथि पनि नियन्त्रण गर्ने रणनीति बनाएका छन् । उनीहरुको यो रणनीतिसँगै प्रधानमन्त्री बन्न आतुर पार्टी सभापति शेरबहादुर देवाको स्थिति सुदृढ भएको छ । यतिले मात्र देउवा प्रधानमन्त्री बन्नेवाला छैनन, उनलाई छिमेकी मित्रराष्ट्र भारतको दह्रो आशिर्वाद भएको जगजाहेर छ । आजको साँघु साप्ताहिककमा खबर छ ।

दक्षिणको आशिर्वाद पनि देउवालाई प्रधानमन्त्री बनाउन पर्याप्त हुने छैन । यसका लागि चाहिन्छ सत्ता गठबन्धनभित्र झगडा । र, देउवाका लागि खुशीको खबर छ गठबन्धनभित्र झगडा सुरु भएको छ । भारत जानु अघि र चीनबाट फर्कनासाथ केपी ओलीलाई राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले धम्की दिंदै भने, ‘मेरो चिठीको निर्णय के भयो ?काम गर्नुहुन्छ की हुन्न ?सरकारबाट फिर्ता हुनुपर्यो ?’ चदले दिएको चिठी मन्त्री नियुक्त गर्ने विषयको हो । पार्टी अध्यक्ष बनेका चन्दले आफ्ना छोरा सांसद जयन्त चन्दलाई मन्त्री बनाउन ओलीलाई औपचारिक चिठी पटकपटक लेखेका थिए । उनले त्यस्तो चिठी दुईतीनवटा पठाइसकिएको बुझिन्छ । चन्दका चिठी ओलीले रद्दीको टोकरीमा हालिदिने गरेको आरोप चन्दको छ ।

स्रोतका अनुसार, ज्यूज्यान एमाओवादीमा भए पनि मनचित्त भने बाबुराममा रहेका नेतामा व्यवस्थापिका संसद्का सांसद् र एक समितिको सभापतिसमेत रहेका प्रभु साह अग्र पंक्तीमा छन् । लामो समय बाबुरामको वरिपरि रहेर काम गरेका र बाबुरामकै आशिर्वादमा मन्त्रीसमेत भइसकेका साह हिजोआज एमाओवादीका सांगठनिक गतिविधिमा खासै सक्रिय छैनन् । एमाओवादीकै तर्फबाट सांसद् र एक समितिको सभापति रहेका साह एमाओवादीमा रहे पनि उनले भित्रभित्रै भने नया“ शक्तिको काम गर्दै आइरहेका छन् । ‘साह बाबुरामस“ग नगए पनि उनी अहिले पार्टीको काममा कम र नया“ शक्तिको योजनामा बढी काम गरिरहेका छन्,’ एमाओवादी स्रोतले भन्यो । साह व्यवस्थापिका संसद्को सांसद् र एक समितिको पद नया“शक्तिमा जानेबित्तिकै छाड्नुपर्ने भएकाले तत्काल नगएको र आउ“दा दिनमा बाबुरामकै नया“ शक्तिमा जाने सोचमा छन् । उनले आफू नजिकका स“ग अब एमाओवादीको भविष्य नरहेको र नया“ शक्ति नै अबको ठूलो राजनीतिक दल हुने बताउने गरेका छन् ।

एमाओवादीको समानुपातिक कोटाबाट सांसद् बनेका भक्ति पाण्डे पनि बाबुरामको खास मान्छे मानिन्छन् । उनी बाबुरामकै कोटाबाट समानुपातिकतर्फ सांसद् बनेको बताइन्छ । तर, उनी बाबुरामले पार्टी छाडेर नयाँ शक्तिमा लागेका छैनन्, एमाओवादीमै छन् । लामो समय अस्वस्थ भएर अस्पताल भर्ना भएका पाण्डेका छोरा विश्वदीप बाबुरामका स्वकीय सचिव छन् । उनी तत्काल नया“ शक्तिमा जाने सोचमा नरहेको बताइन्छ । एमाओवादीभित्र पाण्डेलाई पनि नया“शक्तिमा जान सभासद्ले अड्काएको विश्लेषण गर्दै बाबुरामको सुराकीको रुपमा हेर्ने गरिएको छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रवीन्द्रप्रताप साह पनि बाबुरामप्रति सहानुभूति राख्छन् । शहिदको कोटा किनेर सांसद् बनेको आरोप खेप्दै आइरहेका शाहलाई पनि पेरिसडा“डामा बसेर एमाओवादीको सुराक गर्ने बाबुरामको खास मान्छेहरुको सूचीमा एमाओवादीले राखेको छ । शाहले भित्रभित्रै बाबुरामलाई सघाएर सहयोग गर्ने गरेको स्रोतको दाबी छ ।

यीबाहेक अन्य केही व्यक्तिहरुलाई पनि एमाओवादीले बाबुरामको सुराकीको रुपमा राखेको छ । विगतमा बाबुरामनजिक रहेर काम गरेकाहरुलाई अहिले पेरिसडा“डाले पूरै विश्वास नगरी उनीहरुको गतिविधिमाथि भित्रभित्रै निगरानी राखेको स्रोतको दाबी छ । स्रोतका अनुसार यसरी निगरानीमा पर्नेको संख्या केही दर्जन छ । ‘बाबुरामलाई विगतमा नजिकबाट सघाएकाहरुलाई एमाओवादी नेतृत्वले कुनै पनि बेला जान सक्ने र पार्टीहितविपरीत काम गर्न सक्ने अनुमानका आधारमा विशेष निगरानी गरेर व्यवहार गरिरहेको छ,’ स्रोतले भन्यो, ‘विगतमा बाबुरामको पक्षमा रहेकाहरुलाई एमाओवादीले खासै विश्वास गरेको छैन ।’ आजको साँघु साप्ताहिकले खबर छापेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts