Saturday, April 23, 2016

शोकले सन्नाटा छाएको ठाउँमा सरकार भूकम्प ‘उत्सव’ मनाउँदै

बारपाक,बैशाख १२ । गाउँमा गहुँ–जौ भित्र्याउने चटारो छ, बारपाकबासीलाई मकै र आलु गोड्न हतारो छ। वर्षा लाग्न थालिसक्यो, बलियो टहरो बनाउनुछ, फुर्सद छैन। भूकम्पको वार्षिकीमा हुने भीडभाडले उनीहरुको दैनिकी बिगारिदिएको छ । भूकम्प गएको एक वर्ष पुगेको बेला केन्द्रविन्दुमा आगन्तुकको भीड लागेको छ, आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जाँदैछिन्। तर स्थानीयबासीलाई त्यसले न खुसी बनाएको न त दुखी नै।

गाउँमा कटवालले राष्ट्रपतिसहित ठूलाबडा आउने कार्यक्रममा उपस्थित हुन कराईसकेका छन्। सिंगो गाउँ एक गाविस भएको बारपाकमा गाविस सचिव पनि आइपुगेका छन्, अरु बेला प्राय उनी गोरखा सदरमुकाम बस्छन्। गाउँभन्दा अलि माथि चिहानघारीमा सेता स्मारक टल्किएको देखिन्छ।

गत वर्षको भूकम्पले त्यो चिहानघारीमा ७२ जनालाई पुर्यायो। स्मारकमा मृत्यु भएका व्यक्तिको तस्विर पानीले नभिज्ने गरी राखिएको छ। मृतकका तस्बिर हँसिला देखिन्छन्। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts