Saturday, April 23, 2016

भूकम्प घाइते उपचारमा १७ करोड सकियो तर तथ्यांकै छैन

काठमाडौं,बैशाख १२ । विनाशकारी महाभूकम्प गएको एक वर्ष पूरा भइसक्दा पनि भूकम्पमा घाइते भई उपचार गराएकाको यकिन तथ्यांक आउन सकेको छैन। स्वास्थ्य मन्त्रालयले घाइतेको उपचारका लागि करिब १७ करोड खर्च गरिसके पनि तथ्यांक भने आइसकेको छैन। भूकम्पमा २२ हजार ३ सय ९ घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ । तीमध्ये करिब १० हजारले भूकम्पकै क्रममा शिविर तथा अस्पतालमा प्राथमिक उपचार गराएका थिए।
त्यस्तै अस्पताल नै भर्ना भएर उपचार गराएका करिब १२ हजारमा अति न्यून विरामीमात्रै फलोअपमा आएपनि यकिन तथ्यांक भने छैन। भूकम्प गएको पाँच दिनपछि बसेको मन्त्रिपरिषदको वैठकले घाइते भएकाको इम्प्लान्ट तथा त्यसम्बन्धि शल्यक्रिया, इम्प्लान्ट झिक्ने र झिकेपछिको एकपटकसम्मको अनुगमनसम्मका लागि एकमुष्ट २५ हजार रुपैयाँका दरबले अस्पताललाई रकम प्रदान गर्ने र त्यसपछि सम्बन्धित व्यक्तिबाट कुनै प्रकारको रकम नलिने निर्णय गरेको थियो। राजधानी दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts