Sunday, April 10, 2016

डोल्पामा अझै पुगेन सडक, दुई वर्षको लक्ष्य आठ वर्षसम्म अधुरै

जाजरकोट, चैत २९ । दुई वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पुर्याउने लक्ष्यका साथ सरकारले २०६४ सालमा जाजरकोट–डोल्पा–भेरी करिडोर मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दियो। तर आठ वर्ष बित्दा डोल्पा सिमानामा पनि सडक पुगेको छैन।

राष्ट्रिय महत्वको आयोजना भएपनि बजेटमा प्राथमिकतामा नपारिँदा १ सय १८ किलोमिटर लम्बाईको यो सडक निर्माणमा ढिलाइ भएको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

सेनालाई जिम्मा दिइए पनि सुरुका २ वर्ष जाजरकोट र रुकुमबीचको रेखांकन विवादले सडक निर्माण अलपत्र बन्यो। सेनाले निर्माण सुरु गरेको पनि ६ वर्ष बित्यो।

तर सरकारले हेरक वर्ष न्यून बजेट छुट्याउने र प्राथमिकता नदिँदा निर्माण कार्य सुस्त बनेको छ।

सरकारले चालू आर्थिक वर्षमा पनि २ वर्षमा दुनैमा सडक पुर्याउने योजना अघि सारेको छ। तर यो वर्ष यो आयोजनाका लागि जम्मा १५ करोड रुपैयाँ मात्र पाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts