Thursday, April 21, 2016

बदधक मरत र हतयर सहत पकरउ

काठमाडौं, बैशाख ९ । धो गाबिस–३ बस्ने २६ बर्षीय ढाक्पा गुरुङ र धो गाविस–१ बस्ने २८ बर्याीय ढावा गुरुङलाई प्रहरीले बुद्धको मुर्ती थान ३, मेड इन इटली लेखेकोे १ थान पेस्तोल, सोको गोली ३ राउण्ड, मेड इन इटली लेखेको अटोमेटिक पेस्तोल १ थान, सोको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान, सोको गोली १३ राउण्ड र फायर भएको गोलीको खोका ३ थान सहित पक्राउ गरेको छ ।

गत चैत २८ गते धो गाबिस–६ स्थित गाकर गुम्बा र मिकिन गुम्बाका पुजारी ठिंगल्या लामा बस्ने घरबाट सानो २ वटा र ठुलो २ वटा काँच र पितलबाट बनेको बुद्धको मुर्ती चोरी भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार उक्त हतियार सहित पक्राउ गरेको हो ।
काठमाडौँ ः किर्तिपुर नगरपालिका–२ मैत्रीनगर बस्ने सिन्धुली नेत्रकाली–८ घर भएका १८ वर्षीय सहिल वाईबा र १८ वर्षीय च्याङ्बा वाईबा सहित ६ जनालाई प्रहरीले बुधबार १ थान खुकुरी र २५ ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts