Thursday, April 7, 2016

निषेधीत क्षेत्रमा सरकारी धर्नाकारी !

काठमाडौं,चैत २६ ।  राज्यबाट तलब लिएर जनताको सेवा गर्न निजामती सेवामा बसेका केही कर्मचारी आधिकारिक ट्रेड युनियनको चुनाव हुन नदिने कसरतमा छन् ।  राजनीतिक पार्टीले जस्तो समानुपातिक समावेशी चरित्रको ट्रेड युनियन निर्वाचन गराउन उनीहरुले माग गरेका हुन्। विभिन्न ट्रेड युनियनको सट्टा एउटै आधिकारिक ट्रेड युनियनका लागि सरकारले बैशाख १० मा निर्वाचन मिति घोषणा गरिसकेको छ । तर, राजनीतिक दलसम्बद्ध ट्रेड युनियनमा अाबद्ध  निजामती कर्मचारी एेनविपरीत माग राख्दै चुनाव गर्न नदिन सिंहदरबारभित्रै धर्ना बसेका छन्।

निजामती कर्मचारीका हकहितभन्दा राजनीति बढी भएकाले निजामती ट्रेड युनियनको आवश्यकताबारे बहस हुनुपर्ने बताउँछन् पूर्वमन्त्री लालबाबु पण्डित। ट्रेड युनियन आधिकारिक हुनुपर्ने उनको भनाई छ । नागरिक दैनिकमा समाचार छ – आधिकारीक ट्रेड युनियनले कामभन्दा हरेक कार्यालयमा दलगत युनियन खोलेका छन्।  ट्रेड युनियनले कामभन्दा बढी राजनीति गरिरहेको पण्डितले बताए। उनी भन्छन्–‘सिंहदरबारभित्र धर्ना छ भन्ने समाचार आउँछ तर सिंहदरबार निषेधित क्षेत्र हो। यस्तो गलत कुरालाई कसैले पनि साथ दिनु हुँदैन।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts