Friday, April 8, 2016

कसरी भए देउवा शक्तिशाली ?

काठमाडौं, चैत २७ ।   उखानै छ, बाह्र वर्षमा खोला पनि फर्कन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाको हकमा भने १५ वर्षमा खोलो फर्केको छ । १५ वर्षअघि पार्टीको सत्तामा देउवाको उदय भएको छ । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग देउवाको झन्डै १५ वर्षसम्म आन्तरिक संघर्ष चल्यो । यसबीचमा पार्टी सभापतिमा दुईपटक र संसदीय दलमा तीनपटक पराजय भोगे । तैपनि निराश नभई सक्रिय राजनीति जारी राखेका देउवाका लागि ०७२ सालको आखिरी समय भने भाग्य नै चम्कन पुग्यो । उनी करिब एकैसाथ पार्टी र संसद्को नेतृत्वमा आइपुगेका छन् । २० वर्षपछि कोइराला परिवारबाट देउवाको हातमा नेतृत्वको बागडोर आइपुगेको छ ।

देउवा पार्टीभित्र शक्तिशाली बन्नुका पछाडि तत्कालीन संस्थापन पक्षभित्र पहिरो जानुलाई मुख्य कारण ठान्छन्, नेता शेखर कोइराला । ‘रामचन्द्रजीलाई सुरुमा नै नेतृत्वको रुपमा स्वीकार नगरिनु र तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ नपाउनु शेरबहादुरजीका लागि भाग्योदय बन्न पुग्यो,’ कोइराला भन्छन्,‘संख्याकै हिसाब गर्ने हो भने देशभरबाट आएका महाधिवेशन प्रतिनिधि हाम्रै पक्षका बढी थिए ।’

देउवानिकट केन्द्रीय सदस्य रमेश लेखक भने देउवाको उदयलाई स्वभाविक ठान्छन् । कांग्रेसभित्र नेतृत्व गर्ने राजनीतिक पृष्ठभूमि , लगानी, लोकतन्त्रका लागि संघर्ष , राष्ट्र र अन्तर्राष्ट्रिय पहिचानका कारण पार्टी र दलमा देउवाको नेतृत्व आगमन स्वभाविक भएको लेखकको तर्क छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts