काठमाडौ, चैत १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवम पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य पर्शुराम खापुङ्ग पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईले चलाएको नयाँ शक्ति अभियानमा जोडिएका छन । खापुङ्गले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राप्रपा छलछाम, जालझेल, चाकडी चाप्लुसी, चुक्ली, अवसरबाद हावी भएकोले त्यसबाट देश र जनताको सेवा सम्भव नदेखेकोले आफूले आजैको मिति देखि पार्टी परित्याग गरेर नयाँ पार्टी निर्माणकोलागि भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियानसँग मिलेर काम गर्ने बताए ।
उनले भने,‘ ठूलो आन्दोलनपछि पनि जनता सन्तुष्ट छैनन । सरकार गफाडीको जत्था जस्तो भयो, भुकम्प पीडितले राहत पाएनन । जनताले अहिलेसम्म परिवर्तनको महसुस गर्न पाएका छैनन । राप्रपा, एमाले, काग्रेस, माओवादी मधेसवादी र जनजाति पार्टी कोहीबाट पनि अब देशको सेवा सम्भव नदेखेर नयाँ शक्ति सँग मिलेर नयाँ पार्टी निर्माण अभियानमा लाग्ने गरी राप्रपा परित्याग गरेको हु ।’
खापुङले नयाँ शक्तिका संयोजक डा. भट्टराई बामपन्थी सोचबाट आए पनि अहिले द्धन्दात्मक भौतिकबाट प्रजातन्त्र र लोकतन्त्र बाटो हुँदै समृद्ध मुलुक निर्माणमा लागेकोले विचार मिलेर नयाँ पार्टी निर्माणको लागि अभियानमा लागेको स्पष्ट पारे ।
उनले राप्रपाले नयाँ संविधान जारी भएपछि सोही अनुसार पार्टीलाई अगाडि बढाउनु पर्नेमा त्यस विपरित कार्य गरेको भन्दै आफूले सक्दो सुधारको प्रयास गरे पनि त्यहाँबाट अब देशले निकास पाउन सम्भव नरहेको देखेर पार्टी परित्यागको निर्णयमा पुगेको बताए ।
Friday, April 1, 2016
राप्रपा छाडेर खापुङ्ग नयाँ शक्ति अभियानमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment