काठमाडौं,चैत ३ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशको लागि पुरानै ११ जनाको नाममा संसदीय सुनुवाइ गर्न मंगलबार फेरि संसद् सचिवालयमा पत्र पठाएको सभामुख ओनसरी घर्तीमगरले फेरि सिफारिस आए प्रक्रिया अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएपछि न्याय परिषद्ले पुरानै नाम यथावत राखेर पत्र पठाएको हो ।
‘न्याय परिषद्को पत्र प्राप्त भएकोछ,’ संसद्का सचिव मुकुन्द शर्माले भने । संसद्को नियमावली बनिनसकेको, सुनुवाई समिति गठन भइनसकेको भन्दै यसअघि सभामुख घर्तीमगरले परिषद्को पत्र फिर्ता गरेकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।
सभामुखको कदमले सत्ता गठबन्धन भित्रै तीव्र विवाद चुलिएपछि बीचको बाटो अपनाउँदै परिषद्ले फेरि सिफारिस गर्ने र त्यसलाई प्रक्रियामा लैजाने सहमति सरकार र सभामुखबीच भएको थियो ।
परिषद्ले सर्वेच्चमा लामो समयदेखि रिक्त रहेको स्थायी न्यायाधीशमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायी समेटेर ११ जनाको नाम सिफारिस गरेको थियो ।
Tuesday, March 15, 2016
स्थायी न्यायाधीश फेरि सिफारिस, पहिलेकै नाम संसद पठाइयो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment