शाहरुख खानको फिल्म ‘रइस’ मा सन्नी लियोनीले आइटम डान्स गर्ने भएकी छिन्। पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी सन्नीसँग बलिउडका ठूला स्टारले खेल्न सक्ने सम्भावना कम रहेको चर्चा पनि सुरुसुरुमा चल्ने गथ्र्यो।
अझ एक टेलिभिजन अन्तरवार्ताकार भुपेन्द्र चौबेले ‘तपाईंको पोर्न छविका कारण आमिर खानजस्ता ठूला स्टार तपाईंसँग काम गर्न चाहँदैनन्। के तपाईं आफ्नो यस्तो छविलाई लिएर बेखुशी हुनुहुन्छ ? भनेर टेलिभिजन अन्तरवार्तामा प्रश्न गरेका थिए।
यसपछि सन्नीप्रति धेरैको सम्मान बढेको थियो। आमिरले सन्नीसँग खुशीखुशी काम गर्न सक्ने बताएका थिए। शाहरुखले पनि एक अन्तरवार्तामा सन्नीसँग काम गर्दा आफू खुशी नै हुने बताएका थिए। त्यसो त अक्षयकुमारको फिल्ममा सन्नीले केमियो भूमिका निभाइसकेकी छिन्।
सन्नीले अामिर, शाहरुख, सलमानजस्ता ठूला स्टारकाे फिल्ममा नायिकाकाे भूमिका नपाएपनि शाहरुखकाे फिल्ममा अाइटम डान्सबाट ठूला स्टारका फिल्ममा प्रवेश भने पाएकी छिन्। बताइएअनुसार रइसको उक्त आइटम गीतमा शाहरुखको पनि अभिनय रहनेछ।
Source: setopati.com
No comments:
Post a Comment