Friday, March 18, 2016

पीएललाई केन्द्रीय सदस्य बनाउने देउवाको तयारी

काठमाडौं,चैत ६ । आन्तरिक प्रजातन्त्र र नैतिकताको राजनीति गर्न कांग्रेसलाई दबाब दिँदै आएका पूर्वमन्त्री पीएल सिंहलार्इ सक्रिय राजनीतिमा ल्याउन पार्टी सभापति शेरवहादुर देउवा इच्छुक देखिएका छन्।
हाल दिल्लीमा स्वास्थ्य उपचारका लागि गएका उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेर देउवाले त्यस्तो संकेत गरेका अन्नपूर्ण पोस्टमा समाचार छ।

पार्टी सदस्यता वितरणमा भएको धाँधलीप्रति आक्रोश व्यक्त गर्दै सिंहले पोखरामा भएको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन पार्टी अध्यक्ष गिरिजाप्रसाद कोइरालालाई पत्र लेखेका थिए। तर सुनुवाइ नभएपछि उनले आफूलाई पार्टी गतिविधिबाट बाहिर राखेका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts