Thursday, March 10, 2016

सबैभन्दा बढी मत ल्याउने २५ जनामा देउवा र पाैडेल पक्षका कति कति?

काठमाडौं,फागुन २७ ।  नेपाली कांग्रेसको खुला तर्फको २५ केन्द्रीय सदस्यका लागि अहिले मत गणना जारी छ। अहिलेसम्म गणना भएको २५० मतमा सबैभन्दा बढी मत ल्याउने २३ जनामध्ये १३ जना नवनिर्वाचित सभापति शेरबहादुर देउवा पक्षका छन् भने १० जना कार्यवाहक सभापति रामचन्द्र पौडेल पक्षका छन्।

अहिलेसम्म बढी मत ल्याउनेमध्ये खुमबहादुर खड्का, प्रदीप गिरि,  विमलेन्द्र निधि, बालकृष्ण खाँण, कुलबहादुर गुरुङ, रमेश लेखक, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का,  प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, शंकर भण्डारी,  ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी  देउवा पक्षका हुन भने प्रकाशमान सिंह, प्रदीप पौडेल, शेखर कोइराला, महेश आचार्य, रामशरण महत, धनराज गुरुङ, सुजाता कोइराला, नारायण खड्का, बलबहादुर केसी, मिनेन्द्र रिजाल पौडेल पक्ष रहेका सेतोपाटी डटकमले समाचार लेखेको छ ।  त्यस्तै २४ औ‌ं र २५ औ‌ंं स्थानका लागि ४ जनाबीच तीव्र प्रतिष्पर्धा  भइरहेको छ। उनीहरुमध्ये एनपी साउँद र डिना महालक्ष्मी उपाध्याय देउवा पक्षका हुन भने पदमनारायण चौधरी र बद्री पाण्डे पौडेल पक्षका हुन्।

bbb

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts