Thursday, March 24, 2016

साझा यातायातले ३० वटा बस थप्दै

बस अपाङ्गमैत्री हुने, एलसी खुलेको ४ महिनाभित्रै काठमाडौंमा गुड्ने
साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ति बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ।
शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी आज साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा यातायातका तर्फबाट अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गरे।
एलसी खुलेको ४ महिनाभित्रमै काठमाडौंमा थप बसहरु संचालनमा आउने गरी सम्झौता भएको साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले सेतोपाटीलाई बताए।
साझा यातायात थप्ने सम्वन्धमा यसअघि गत मंसिर १३ गते ग्लोबल टेण्डर आह्वान गरिएको थियो। टेण्डरका लागि ५ वटा कम्पनीले फारम लगे पनि २ वटा कम्पनीले मात्रै प्रक्रियाअनुरुप बुझाएको पाण्डेले जानकारी दिए।
‘सिप्रदी ट्रेडिङ र अशोक ले ल्याण्डले प्रक्रियाअनुरुपको आवेदन दिएका थिए, यीमध्ये ले ल्याण्डको तर्फबाट सस्तो मूल्यमा ल्याउन सक्ने देखिएकाले सो कम्पनी छनौट भएको हो’ पाण्डेले भने।
एलसी खोल्ने काम पनि सुरु भइसकेको उनले बताए। ‘एलसी खोल्ने प्रक्रिया पनि अघि बढिसक्यो, एलसी खुलेको ४ महिनामै बस काठमाडौमा गुड्ने छन्’ उनले भने।
नयाँ बस थपिएपछि अहिले संचालनमा रहेका रुटहरुलाई थप व्यवस्थित गर्ने र यात्रुहरुको संख्या हेरिकन रुट पनि थपिने उनले बताए। हाल उपत्यकामा १६ वटा साझा बसहरु संचालनमा रहेका छन्। नयाँ बसपार्क–नारायणगोपाल चोक– शहिदगेट– त्रिपुरेश्वर– लगनखेल र सोही रुट हुँदै फिर्ता हुने १० वटा साझा बस संचालनमा छन्। त्यस्तै कलंकी– त्रिपुरेश्वर– शहिदगेट–पिंगलास्थान–एयरपोर्ट र सोही रुट हुँदै फिर्ता हुने ६ वटा बस संचालनमा छन्।
कस्तो हुनेछ थपिने साझा बस ?
थपिने नयाँ साझा बस पनि अहिलेकै आकारको हुनेछ। अहिलेको बसमा एक साइडमा ३ र अर्को साइडमा २ सिट रहेकोमा नयाँ थपिने बसमा भने दुबै साइडमा २ बाई २ सिट हुनेछ।
४० भन्दा बढी सिट क्षमताका बसहरु थप हुने छन्।
अहिलेकै साझा यातायातमा रहेका सुविधा २ ढोका, एलईडी डिस्प्ले, सुरक्षाको लागि सिसिटिभी पनि बसमा हुनेछ।
थपिएको बस खासगरी अपांगमैत्री हुने छ। पाण्डेका अनुसार अपांगका लागि ह्विलचेयर पनि बसभित्र पछाडिको ढोकाबाट सहजै लैजान सकिनेछ।  भित्रपट्टि नयाँ साझा बसमा धेरै मानिस अटाउन सक्ने छन्। पाण्डेका अनुसार नयाँ बसमा २५ वटा समाउने ‘ह्याण्ड स्ट्रिप’ रहने छ।
 soure: setopati.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts